काठमाडौँ, १४ साउन । बलात्कार पीडित किशोरीविरुद्ध पूर्व मधेस प्रदेश प्रमुख राजेश अहिराजको जाहेरीको आधारमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ ।
अहिराजबाट पीडित भएकी युवतीविरुद्ध अहिराजकै जाहेरीका आधारमा आपराधिक लाभको कसुरमा मुद्दा दायर भएको छ । धम्क्याउँदै २० लाख मागेको र नदिएपछि सामाजिक रूपमा बदनाम गर्ने धम्की दिँदै रकम लिएको दाबी अहिराजको रहेको छ ।
२० लाख माग गरेकोमा आफूले नगदै तीन लाख रुपैयाँ दिएको दाबी गरेका छन् ।
बलात्कार पीडित युवतीले जाहेरी दिएपछि अहिराजले पनि ती युवतीविरुद्ध आपराधिक लाभको जाहेरी दिएको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दिपक कुमार श्रेष्ठले जानकारी दिएका छन ।














