राजविराज, १० साउन । सप्तरीको रूपनी गाउँपालिकामा करेण्ट लागेर एक दम्पतीको ज्यान गएको छ ।
रूपनी– २ पौवाँमा सिटी रिक्सा चार्ज गर्ने क्रममा ४५ वर्षीय बालेश्वर खंग मण्डल र श्रीमती ४२ वर्षीया रामकुमारी खंगको मृत्यु भएको हो । आफ्नै घरमा सिटी रिक्सा चार्ज गर्न खोज्दा बालेश्वरलाई करेण्ट लागेको थियो ।
उनलाई छुटाउन जाँदा रामकुमारीलाई समेत करेण्ट लाग्यो । उनीहरूको दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उदयकुमारले जानकारी दिए ।
घटनावारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।














