काठमाडौं, ९ साउन । कात्तिकमा रुपन्देही क्षेत्र नम्बर ३ को लागि उपनिर्वाचनमा नेपाली कांग्रेसले शुक्रवार देखि छलफल सुरु गरेका छन् ।
सभापति शेरबहादुर देउवाले छलफलका लागि रुपन्देहीमा हुने लागेको उपनिर्वाचनमा मुख्य एजेण्डा बनाएर शीर्ष नेताहरुलाई डाकेका थियो ।
देउवा निवास बुढानीलकण्ठमा शुक्रबार विहान भएको छलफल पछि चुनावी रणनीति र वस्तुस्थितिका बारेमा मुख्य छलफल भएको प्रमुख सचेतक श्याम घिमिरेले बताएको हो ।
बैठकमा उम्मेदवारका विषयमा भने केही छलफल नभएको घिमिरेले जनाए ।
बैठकमा भूमि विधेयक र निजामती विधेयक माथि पनि छलफल भएको थियो ।
निजामती विधेयकमा एमालेका सांसदले राखेको प्रस्ताव पार्टीको रुपमा नभई सांसदले स्वतन्त्रता प्रयोग गरेको रुपमा उक्त दलले जानकारी गराएको घिमिरेले बताए । ‘एमालेले आधिकारिक रुपमा भन्नुभन्दा पनि आफ्नो सांसदहरुको स्वतन्त्रता प्रयोग गरेर संशोधन प्रस्ताव उनीहरुले राखेका छन्,’ घिमिरेले भने,‘उहाँहरुको समग्रमा के कुरा आएको छ भने सांसदहरुले स्वतन्त्रतापूर्वक संशोधन प्रस्ताव राखे ।’














