काठमाडौं, ८ साउन । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै जनता समाजवादी पार्टी (नेपाल)का अध्यक्ष उपेन्द्र यादवले भूमि विधेयकमा रहेका प्रावधानबारे पुर्नविचार गर्न सरकारलाई सुझाव दिएका छन् ।
एकातिर सरकारले सगरमाथा सर्किट गरेको छ । अर्कोतिर वन फडानी गर्ने र भूमाफियालाई जग्गा प्रदान गर्ने गरी, वन विनास गर्ने गरी कानुन बनाउँदै छ, विधेयक ल्याएको पनि छ,’ अध्यक्ष यादवले भने ।
जसपा नेपालले प्रस्तावित भूमि विधेयकमा असन्तुष्टि जनाउँदै आएको छ । यही विधेयकमा रहेको असन्तुष्टिलाई आधार बनाएर सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको छ ।
तराईमा रहेको खानेपानीको अभावबारे तत्काल कदम चाल्न पनि सरकारलाई यादबले आग्रह गरेका छन ।














