काठमाडौँ, ६ साउन । नेकपा एमालेको हुदै नवौँ केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी भएका छन् ।
यही मंगलबारको बैठकमा कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने १९ जना केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेको छ । बैठकमा सहभागी एक नेताका अनुसार केन्द्रीय सदस्यहरू किशोर अधिकारी, जीवन घिमिरे, राजेन्द्र राई, आशारत्न जवेगु, दीपक कार्की, रामलाल साह, युवराज बास्कोटाले आफ्ना धारणा राखेका छन् ।
त्यसबाहेक इन्द्र भण्डारी, नैनकला ओझा, यज्ञराज सुनुवार, तुलसी नेउपाने, भगवती चौधरी, मञ्जु भण्डारी, राम राना, टङ्क आङ्बुहाङ र प्रदेश अध्यक्ष घनश्याम खतिवडाले पनि आफ्ना धारणा राखेको हो । बैठकमा केन्द्रीय सदस्य युवराज बाँस्कोटाले भूगोलको जिम्मेवारी लिएका कतिपय केन्द्रीय नेताहरू लामो समय काठमाडौँमै बस्ने गर्दा स्थानीय तहमा जनसम्पर्क कमजोर हुन थालेको जनाए ।
उनले पार्टीले पठाएका जनप्रतिनिधि निजामतीका हाकिम जस्तो चरित्र देखाउन थालेको भन्दै उनीहरूको आचरण सुधारमा पार्टीले ठोस नीति लिन माग गरेको छ । बास्कोटाले एमालेलाई राष्ट्रिय शक्ति बनाउने उद्घोष गरे पनि एकले अर्कोलाई निषेधको संस्कार पार्टीमा मौलाउँदै गएकोले मिसन ०८४ मा समस्या ल्याउनेतर्फ नेतृत्वले बेलैमा सचेत हुनुपर्ने उल्लेख समेत गरे ।
उनले पूर्व राष्ट्रपति विद्या भण्डारीबारे भइरहेको बहसप्रति पनि असन्तुष्टि जनाएको एक केन्द्रीय सदस्यले जानकारी दिए । बास्कोटासँग मिल्दोजुल्दो अर्का सदस्य रामलाल साहको पनि थियो । दीपक कार्कीले नेता केपी ओली नै भए पनि विद्या भण्डारीमाथिको आरोप ठिक नभएको बताएका थिए भने रेनुका काफ्ले र नैनकला ओझाले भण्डारीका विषयमा भइरहेको अनावश्यक तर्क–विर्तकले कहीँ नपुगिने जनाए ।














