काठमाडौं, ५ साउन । बारामा जनता समाजवादी पार्टी (जसपा)बाट जनमत पार्टीमा करिब सयौँ जनाले पार्टी प्रवेश गरेका छन् ।
बारा जिल्लामा अशोक राई नेतृत्वको जसपाबाट पूर्वसंविधानसभा सदस्य प्रमोद प्रसाद गुप्ता र पूर्वप्रदेशसभा सदस्य पारस प्रसाद साहसहित करिब ५०० जनाले नेता तथा कार्यकर्ताले जनमत पार्टीमा प्रवेश गरेको छ ।
उनीहरूले सोमबार बाराको कलैयामा आयोजित एक कार्यक्रममा जनमत पार्टीमा प्रवेश गरेको हो । कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले नवप्रवेशीहरूको स्वागत गर्दै जनमत पार्टीको संगठन विस्तारमा यो कदम निर्णायक हुने जनाएको छ ।
गुप्ता र साह दुवै यसअघि उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अलग्गिएर बनेको अशोक राईको जनता समाजवादी पार्टीमा सक्रिय थिए । संघीय सरकारमा खानेपानी मन्त्री रहेका प्रदीप यादवका राजनीतिक सल्लाहकारसमेत रहेका प्रमोद गुप्ता र मधेश राजनीतिमा प्रभाव राख्ने पारस साहको जनमत प्रवेशलाई स्थानीय राजनीतिक समीकरणमा महत्वपूर्ण रूपमा हेरिएको छ ।
जनमत पार्टीमा प्रवेशसँगै बारामा पार्टीको संगठनात्मक उपस्थिति थप बलियो हुने विश्वास गरिएको छ ल । स्थानीय विश्लेषकहरूका अनुसार आगामी निर्वाचनमा जनमत पार्टीले बारा क्षेत्रमा फाइदा उठाउने संकेत देखिएको छ ।
पार्टी प्रवेश कार्यक्रम मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह, उद्योगमन्त्री इञ्जिनियर बसन्त कुशवाहा, वनमन्त्री संजय यादव लगायत बारा र पर्साका जनमत नेताहरूको उपस्थिति रहेको थियो ।














