काठमाडौं, ३ साउन । नेकपा एमालेको जारी पोलिटब्युरो बैठक आजै सक्ने तयारी गरिएको छ ।
एमाले केन्द्रीय कार्यालय च्यासलमा बैठक दोस्रो दिन चलिरहँदा पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले बैठक आजै सकाउने तयारी रहेको जानकारी दिएका हुन् ।
उनका अनुसार पार्टीको विधान संशोधन प्रस्तावमा अहिलेसम्म ६ नेताले धारणा राखिसके छ । ‘अहिलेसम्म ६ जनाले बोलिसके’, उनले भने, ‘आजै बैठक सकाउने तयारी छ ।
बैठकको पहिलो दिन शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले सांगठनिक प्रस्ताव पेस गरेका छन् ।














