काठमाडौं, २ साउन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले घुस काण्डमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।
सोमबार कांग्रेसको बुद्धिजीवी विभागद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै थापाले भने, ‘गल्ती नगरेको भए मन्त्रीले आफैं राजीनामा दिएर छानबिनको बाटो खोल्नुपथ्र्यो ।
तर, त्यो आँट देखिएन ।’ उनले प्रधानमन्त्रीलाई स्पष्ट सन्देश दिँदै भने, ‘तपाईंको मन्त्रीमाथि घुस काण्डको अडियो बाहिर आएको छ । अब ढिलो नगरी उनलाई बर्खास्त गर्नुस् ।
थापाले गुप्तालाई हटाएर मात्रै नपुग्ने पनि बताए । ‘दूधको दूध, पानीको पानी हुने गरी छानबिन हुनुपर्छ उनले भने ।














