कैलाली, ३१ असार । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले कैलालीको भजनी नगरपालिका–९ आमबाडी स्थित एक घरमा छापा मारेको छ ।
स्थानीय दिलीप कार्कीको घरमा खानतलासी गर्दा विभिन्न प्रकारका पेस्तोल, गोलीगठ्ठा, बन्दुकका भागहरू र जंगली जनावरका अङ्गसहित तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूमा ५० वर्षीय दिलीप कार्की, उनका २२ वर्षीय छोरा विकास कार्की र ३० वर्षीय सुरेश बिक रहेका छन्। तीनै जनालाई आवश्यक कानुनी प्रक्रिया पु¥याई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट एनएफ बेबी लेखिएको एक थान पेस्तोल, ११ राउन्ड गोली, एक थान म्यागजिन, नवीकरण नभएको ०,२२ बोर (हर्नेट) र २४ राउन्ड गोली, एक थान कटुवा पेस्तोल, भरुवा बन्दुकको एक थान काठ, छर्रा १ डिब्बा र भरुवा बन्दुकको घोडा १ थान बरामद गरेको छ ।
यस्तै जनावरका अंगहरूमा २ गुच्छा मयुरको प्वाँख र तीन थान जरायोको सिङ बरामद भएको प्रहरीले जनाएको छ । यो विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।














