KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मन्त्री यादवको पहलमा कुर्था वाटिका चौक–तपनपुर सडक खण्डको शिलान्यास

मन्त्री यादवको पहलमा कुर्था वाटिका चौक–तपनपुर सडक खण्डको शिलान्यास

जनकपुर, ३० असार । मधेश प्रदेश सरकारका ऊर्जा, सिचाई तथा खानेपानी मन्त्री शेष नारायण यादवको विशेष पहलमा जनकपुरधाम उपमहानगरपालिका–२१, कुर्थास्थित वाटीका चौकदेखि तपनपुर सडक खण्डको निर्माण कार्य शुरू भएको छ ।

नेपाली कांग्रेसका सह–महामन्त्री एवम् पूर्व संघीय खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादवको प्रमुख आतिथ्यमा सोमवार विहान आयोजित एक भव्य कार्यक्रमका बीच सो सडक खण्डको शिलान्यास गरिएको छ ।

प्रमुख अतिथि सहमहामन्त्री महेन्द्र यादव, विशिष्ट अतिथिद्वय ऊर्जा, सिचाई तथा खानेपानी मन्त्री शेष नारायण यादव र प्रदेश सभा सदस्य एवं प्रमुख सचेतक कुमरकान्त झाले संयुक्त रूपमा शिलान्यास गरेका हुन् । शिलान्याससंगै निर्माण कार्य पनि आजैदेखि शुरू गरिएको छ । मधेश प्रदेश सरकारको बहुवर्षिय योजना एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम (दोस्रो चरण) अन्तर्गत ५ किलोमीटर सडक निर्माणको क्रममा मन्त्री यादवको निर्वाचन क्षेत्र धनुषाको ४(१) मा सो सडक निर्माण हुन लागेको हो ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि सह–महामन्त्री महेन्द्र यादवले भने स्थानीय पूर्वाधार विकासमा सडक विस्तारको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै यस सडक निर्माणले जनकपुरधाम–२१ देखि महोतरीको तपनपुरसम्मका बासिन्दालाई आवागमन, व्यापार तथा सेवा पहुँचमा सहजता ल्याउने विश्वास व्यक्त गरे ।

सो सडक निर्माणको ठेक्का डेढ वर्षमा सम्पन्न गर्ने गरि महतो कन्स्ट्रक्सन एण्ड इन्जिनियरिंग कन्सलटेन्सीले १२ करोड २५ लाखमा पाएका हुन् ।खुल्ला ठांउमा १० मीटर कालोपत्रे र सघन वस्तीमा २५ फिटसम्म पिपिसी ढलान गरिने ठेकेदार कम्पनी कन्सलटेन्सीका प्रतिनिधि ब्रजकिशोर यादवले जानकारी दिएका छन् ।

कार्यक्रममा विशेष अतिथि समेत रहेका ऊर्जा, सिंचाई तथा खानेपानी मन्त्री शेष नारायण यादवले विकासको काममा प्रदेश सरकारले हरेक तत्पर रहेको बताए ।

उनले भने देशमा संघियतापछि प्रदेश सरकारको निर्माणले मधेशमा विकासको लहर नै आएछ, यही अवस्था विद्यमान रहे प्रदेशमा समृद्धि संगै आर्थिक विकासले फड्को मार्नेछ । सो कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका वडा नं. २१ का वडा अध्यक्ष राजु साह, कांग्रेसका युवा नेता घनश्याम यादवसहित कांग्रेसका स्थानीय नेताहरू, सामाजिक अगुवाहरू, युवाहरू, महिलाहरू तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।

Facebook Comment

Related Posts

तस्करीको विषय उठेपछि सुरक्षा निकायमाथि गृहमन्त्रीको चासो

तस्करीको विषय उठेपछि सुरक्षा निकायमाथि गृहमन्त्रीको चासो

अख्तियारले गढीमाई नगरपालिकाका मेयरसहित चार जनाविरुद्ध मुद्दा दायर गर्‍यो

अख्तियारले गढीमाई नगरपालिकाका मेयरसहित चार जनाविरुद्ध मुद्दा दायर गर्‍यो

नेपालको विकास एजेन्डामा बालेन र एडीबी अध्यक्षबीच छलफल

नेपालको विकास साझेदारी थप सुदृढ बनाउने एडीबीको घोषणा

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष बने डा. देवेन्द्र खत्री

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष बने डा. देवेन्द्र खत्री

१११ नेपाली कैदीलाई यूएईको आममाफी, नेपालले जनायो धन्यवाद

१११ नेपाली कैदीलाई यूएईको आममाफी, नेपालले जनायो धन्यवाद

थुनुवा फरार प्रकरणमा डिउटीमा रहेका प्रहरी जवानमाथि कारबाही

थुनुवा फरार प्रकरणमा डिउटीमा रहेका प्रहरी जवानमाथि कारबाही

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar