काठमाडौं, ३० असार । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार जहाँ जहाँ छ त्यहाँ भ्रष्टाचार पुगेको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभा बैठकमा सोमबार बोल्दै प्रचण्डले सरकार बिचौलियाको स्वार्थमा चलिरहेको आरोप लगाए । प्रधानमन्त्रीजीले भ्रष्टाचारबारे चित्रगुप्तलाई बयान दिन तयार छु भन्नुभएको कुरा स्मरण गराउन चाहन्छु ।
‘अहिले त जहाँ सरकार त्यहाँ भ्रष्टाचार, अब प्रधानमन्त्रीजीले चित्रगुप्तलाई के जवाफ दिने होला?’ प्रचण्डले भने । देशभित्र मात्र नभइ प्रधानमन्त्री पुगेका सबै ठाउँमा बेथितिका खबर आउने गरेको आरोप उनले लगाए ।
उनले भने, ‘प्रधानमन्त्रीजी गत साल अमेरिका जाँदा के के भएको थियो सम्झनुभएकै होला, अहिले स्पेनबारे तपाईं कति हुनुहुन्छ हुनुहुन्न मेरो आरोप होइन, तर तपाईंले टेकेको ठाउँमा बिबाद आउने गरेको बारे पक्कै पनि ध्यान दिनुभएकै होला ।














