काठमाडौं, १५ मंसिर । त्रिवि मैदान कीर्तिपुरमा आजदेखि सुरु लिगको उद्घाटन खेलमा जनकपुरले विराटनगर किङ्सलाई आठ विकेटले हराएको छ ।
जितका लागि १२८ रनको लक्ष्य पछ्याएको जनकपुरले १५.३ ओभरमा दुई विकेटको क्षतिमा १३१ रन जोड्दै लक्ष्य पूरा गरेको हो।
जनकपुरका लागि लाहिरुले अविजित ७५ रन बनाए । पुस ६ गतेसम्म चल्ने एनपिएलमा आठ टोली सहभागी छन् ।














