काठमाडौं, १३ मंसिर । यूईएफए च्याम्पियन्स लिग लिभरपुलले रियल मड्रिडलाई पराजित गर्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
एनफिल्डमा गएराति एलेक्सिस म्याक एलिस्टर र कोडी गाक्पोको गोलको मद्दतमा लिभरपुलले साविक विजेता रियल मड्रिडलाई २–० गोलले हरायो। रियलमाथि लिभरपुलको १५ वर्षपछिको जित हो। यो खेलमा स्टार खेलाडीहरु मोहम्मद सलाह र केलियन एम्बाप्पेले पेनाल्टी मिस गरेका थिए ।
यस्तै खेलको ७६ औं मिनेटमा एन्डी रोबर्टसनको क्रसमा गाक्पोले थिबाउट कोर्टोइसको पासमा हेडर मार्फत गोल गर्दै खेलमा जित सुनिश्चित गर ।
खेलमा लिभरपुलले पेनाल्टी पायो तर मोहम्मद सलाहले गोलपोस्ट बाहिर हानेपछि मैदानमा हाँसो गुन्जयमान भएको थियो। लिभरपुलले सन् २००९ यता रियल मड्रिडलाई हराउन सकेको थिएन र च्याम्पियन्स लिगको फाइनलमा दुई हारसहित यसअघिका आठ खेलमा कुनै पनि खेलमा जित हात पार्न सकेको थिएन।
जितपछि पाँच खेलबाट १५ अंक बनाउँदै लिभरपुल तालिकाको शीर्ष स्थानमा छ। पाँचमध्ये दुई खेल जितेको साविक विजेता ६ अंकसहित २४औं स्थानमा छ ।














