दुबई, ५ कात्तिक । आइसिसी टी–२० महिला विश्वकपको उपाधि न्युजिल्यान्डले पहिलो पटक जितेको छ ।
आइतबार राति दुबईमा भएको फाइनल खेलमा दक्षिण अफ्रिकालाई ३२ रनले हराएको हो । फाइनल खेलमा टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १ सय ५९ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १ सय २६ रनमात्र बनाउन सक्यो । न्युजिल्यान्ड १४ वर्षपछि फाइनल पुगेर उपाधि जित्न सफल भएको छ ।














