जनकपुर, ३० कात्तिक । धनुषाको बटेश्वर गाउँपालिका–५ मा छठघाटमै कुटपिट भएको घटना सार्वजनिक भएको छ। श्यामसुन्दर महतोसहितको समूहले अरबिन्द साह र उनका बुवामाथि कुटपिट गरेको स्थानीयले बताएका छन्।
स्थानीयका अनुसार पुरानो आपसी रिसइबीका कारण छठघाटमै पुगेर उनीहरूमाथि आक्रमण गरिएको हो। घटनामा घाइते भएका बाबुछोराको जनकपुरस्थित एक अस्पतालमा उपचार भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले पनि पुरानै रिसइबीका कारण घटना भएको बताएका छन्। उनका अनुसार घटनामा संलग्न रहेको आरोपमा श्यामसुन्दर महतोसहित दुई जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको छ।














