जनकपुर, ३० कात्तिक । धनुषामा छठघाटमा पूजा सामग्रीको रेखदेख गर्न बसेका एक वृद्ध पुरुष शंकास्पद अवस्थामा मृत फेला परेका छन्।
शहीदनगर नगरपालिका–२ निवासी ६० वर्षीय रामजतन यादव छठघाटमा मृत अवस्थामा भेटिएका हुन्। उनी गएराति मतौना गाउँको पूर्वतर्फ रहेको शिव मन्दिर परिसरस्थित छठघाटमा पूजा सामग्री कुरेर एक्लै बसेका थिए।
धनुषाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार मृतक यादवको गालामा चोटपटक र रगत देखिएको छ। घटनाको प्रकृति शंकास्पद देखिएकाले प्रहरीले घटनास्थल पुगेर अनुसन्धान अघि बढाएको छ।














