जनकपुर, २७ कात्तिक । मधेश प्रदेश सरकारले मकवानपुरको भीमफेदीमा भएको सडक दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई जनही एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ।
बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई राहत उपलब्ध गराउने र दुर्घटनामा घाइते भएकाहरूको उपचार प्रादेशिक अस्पतालमा निःशुल्क गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री नागेन्द्र साहले जानकारी दिए।
त्यस्तै, बैठकले मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेदेखि सञ्चालन गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णयसमेत गरेको छ।














