KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

पिडारी चोकमा टिपरको ठक्करबाट २० वर्षीय युवकको मृत्यु, युवाद्वारा प्रदर्शन

पिडारी चोकमा टिपरको ठक्करबाट २० वर्षीय युवकको मृत्यु, युवाद्वारा प्रदर्शन

जनकपुर, २७ कार्तिक । जनकपुरधामको पिडारी चोकमा टिपरको ठक्करबाट स्कुटीमा सवार एक युवकको घटनास्थलमै मृत्यु भएपछि स्थानीय युवाहरूले प्रदर्शन गरेका छन्। दुर्घटनापछि आक्रोशित युवाहरूले स्थानीय सरकार र ट्राफिक प्रहरीको लापरबाहीका कारण घटना भएको आरोप लगाउँदै विरोध जनाएका हुन्।

बिहीबार दिउँसो करिब ४:३० बजे जनकपुरधाम उपमहानगरपालिका–१३ स्थित पिडारी चोकमा दुर्घटना भएको हो। दुर्घटनामा महोत्तरीको मनरासिस्वा नगरपालिका–५ कटैयाका २० वर्षीय नवीन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रहरीका अनुसार पिडारी चोकबाट रत्नसागर तर्फ जाँदै गरेको मधेश प्रदेश ०२–०१० प ४०६९ नम्बरको स्कुटीलाई सोही दिशाबाट आइरहेको मधेश प्रदेश ०३–००१ ख ७५०४ नम्बरको टिपरले पछाडिबाट ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका स्कुटी चालक चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

दुर्घटनापछि प्रहरीले टिपर, स्कुटी र टिपर चालकलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा महोत्तरीको भंगहा नगरपालिका–७ सितापुरका २२ वर्षीय सचिनकुमार सिंह रहेका छन्।

घटनापछि पिडारी चोकमा युवाहरूले सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै प्रदर्शन गरेका थिए। उनीहरूले चोकमा प्रभावकारी ट्राफिक व्यवस्थापन नहुँदा दुर्घटना भएको आरोप लगाउँदै स्थानीय सरकार तथा ट्राफिक प्रहरीको भूमिकामाथि प्रश्न उठाएका छन्।

यसैबीच, आन्दोलनका क्रममा राति केही युवाहरूलाई प्रहरीले पक्राउ गरेको भन्दै थप आक्रोशित बनेका युवाहरूले विरोध प्रदर्शन गरेका छन्। पक्राउ परेका युवाहरूको रिहाइको मागसमेत उनीहरूले उठाएका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

Facebook Comment

Related Posts

सर्वोच्चका चार न्यायाधीशलाई प्रधानन्यायाधीश शर्माले गराए शपथ

सर्वोच्चका चार न्यायाधीशलाई प्रधानन्यायाधीश शर्माले गराए शपथ

भीमफेदी दुर्घटनापीडितलाई मधेश सरकारको राहत घोषणा

भीमफेदी दुर्घटनापीडितलाई मधेश सरकारको राहत घोषणा

प्रादेशिक अस्पतालमा व्यक्ति मृत फेला, न्याय माग्दै जनकपुर-ढल्केबर सडक बन्द

प्रादेशिक अस्पतालमा व्यक्ति मृत फेला, न्याय माग्दै जनकपुर-ढल्केबर सडक बन्द

विश्व सम्मेलनमा सहभागी हुन प्रचण्ड रुस प्रस्थान

विश्व सम्मेलनमा सहभागी हुन प्रचण्ड रुस प्रस्थान

रास्वपाको १९ सदस्यीय टोली कात्तिक २९ गते चीन जाने

रास्वपाको १९ सदस्यीय टोली कात्तिक २९ गते चीन जाने

नहाय-खायसँगै छठ पर्वको विधिवत् सुरुवात

नहाय-खायसँगै छठ पर्वको विधिवत् सुरुवात

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar