काठमाडौं, २७ कात्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विश्व सम्मेलनमा सहभागी हुन शुक्रबार बिहान रुस प्रस्थान गरेका छन्।
अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि १७ सम्म मस्कोमा हुने सम्मेलनमा भाग लिन प्रचण्ड दुबई हुँदै रुस गएका हुन्। उनी बिहान ९ः२० बजे काठमाडौँबाट उडेको बताइएको छ।
भ्रमण टोलीमा प्रचण्डसँगै उनका प्रमुख स्वकीय सचिव गोविन्दप्रसाद आचार्य पनि सहभागी छन्। सम्मेलन सम्पन्न गरी प्रचण्ड नोभेम्बर १८ गते बिहान स्वदेश फर्कने कार्यक्रम रहेको छ।














