काठमाडौँ, ११ कात्तिक । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत फ्रान्स्वाज पुइगिन्जाबीच नेपाल–फ्रान्स सम्बन्ध र आपसी सहकार्यका विषयमा छलफल भएको छ।
बुधबार परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा हवाई सेवा, जलवायु परिवर्तन, वैज्ञानिक अनुसन्धान तथा बहुपक्षीय सहकार्यका क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ।
सो अवसरमा परराष्ट्रमन्त्री खनालले नवनियुक्त राजदूत पुइगिन्जालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।














