काठमाडौं, ११ कात्तिक । चाडपर्वका लागि वस्तुको आयात बढेसँगै विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको असोजमा निर्धारित लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ।
कार्यालयका अनुसार असोजमा ३९ अर्ब ७ करोड ३३ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य रहेकामा ३९ अर्ब ८३ करोड ७० लाख रुपैयाँ संकलन भएको छ। यो लक्ष्यको १०२.६ प्रतिशत हो।
गत आर्थिक वर्षको असोजमा भने लक्ष्यको ८२.५१ प्रतिशत मात्र राजस्व संकलन भएको थियो। यस वर्षको असुलीमा सुधार आउनुमा चाडपर्व लक्षित वस्तुको आयात वृद्धि प्रमुख कारण रहेको कार्यालयले जनाएको छ।














