काठमाडौं, २३ असोज। कृत्रिम बुद्धिमत्ता (एआई), युवा उद्यमशीलता तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्दै नेपाल युवा उद्यमशीलता सम्मेलन २०८३ आजदेखि काठमाडौंमा सुरु भएको छ।
बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफिन) र नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई) को सहकार्यमा आयोजित सम्मेलनमा करिब ४०० उद्यमी, व्यवसायी तथा सरोकारवालाको सहभागिता रहने आयोजकले जनाएको छ।
सम्मेलनमा वित्तीय पहुँच विस्तार, स्टार्टअप प्रवर्द्धन, नवप्रवर्तन, प्रविधिको प्रयोग र युवालाई उत्पादन तथा रोजगारीसँग जोड्ने विषयमा छलफल हुनेछ। सम्मेलनले युवा उद्यमीमैत्री नीति निर्माण, लगानीको वातावरण सुधार र रोजगारीका अवसर सिर्जना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।














