काठमाडौं, २३ असोज । वडा दशैं नजिकिएसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा घर फर्किने यात्रुको चहलपहल बढेको छ।
दशैं लक्षित लामो तथा छोटो दूरीका सवारीसाधनको अग्रिम टिकट बुकिङ आजदेखि सुरु भएपछि टिकट लिन यात्रुहरू रातिदेखि नै बसपार्क पुग्न थालेका छन्।
दशैंमा यात्रुको चाप बढ्ने भएकाले समयमै टिकट काटेर यात्रा सुनिश्चित गर्न सर्वसाधारण अग्रिम बुकिङमा जुटेका हुन्।














