काठमाडौं, १९ असोज । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक आज बस्दैछ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार दिउँसो ३ बजे बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा विभिन्न मन्त्रालयका एजेन्डा तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ।














