काठमाडौं, १९ असोज । प्रधानन्यायाधीश मनोजकुमार केसीले मंगलबार दिउँसो १ बजेका लागि न्याय परिषद्को बैठक बोलाएका छन्।
सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिसलगायत विषयमा छलफल गर्न बैठक बस्न लागेको स्रोतले जनाएको छ। सर्वोच्चमा हाल चार न्यायाधीशको पद रिक्त छ।
न्याय परिषद्मा प्रधानन्यायाधीश केसी अध्यक्ष तथा कानुनमन्त्री सोविता गौतम, सर्वोच्चका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, महेशकुमार नेपाल र दामोदर खड्का सदस्य छन्।














