काठमाडौं, १६ असोज । नेकपा (एमाले) का हालै मनोनीत ३३ जना केन्द्रीय कमिटी सदस्यको शपथ ग्रहण कार्यक्रम आज हुँदैछ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार दिउँसो ३ बजे च्यासलस्थित केन्द्रीय कार्यालयमा उनीहरूलाई शपथ गराउने एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए।
झापा विद्रोहका योद्धा घनेन्द्र बस्नेतको निधन भएपछि बिहीबारका लागि तय गरिएको शपथ ग्रहण कार्यक्रम एक दिन सारिएको हो।
गत साता बसेको एमाले केन्द्रीय कमिटी बैठकले ३३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो। मनोनीतमध्ये १३ जना अन्य दलबाट एमालेमा आएका नेता छन्।














