काठमाडौँ, १५ असोज । नेपाल पत्रकार महासङ्घले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजीव खत्रीले पत्रकारिता क्षेत्र र महासङ्घलाई लक्षित गरी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।
महासङ्घका महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा खत्रीले प्रतिनिधिसभा बैठकमा पत्रकारको भूमिकामाथि प्रश्न उठाउँदै दिएको अभिव्यक्ति आपत्तिजनक भएको उल्लेख छ।
महासङ्घले उक्त अभिव्यक्तिका लागि खत्रीलाई क्षमायाचना गर्न आग्रह गर्दै विवादित भनाइ संसद्को रेकर्डबाट हटाउन सभामुखसमक्ष माग गरेको छ। साथै, प्रेसविरुद्धको अभिव्यक्तिबारे आवश्यक कारबाही गर्न सम्बन्धित पक्षसँग आग्रह गरेको छ।














