काठमाडौँ, १५ असोज । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकले तीन वटा विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्मचारी सञ्चय कोष (दशौँ संशोधन), नागरिक लगानी कोष (तेस्रो संशोधन) र भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक समितिमा पठाउने प्रस्ताव पेश गरेका थिए।
बैठकमा कानूनमन्त्री सोबिता गौतमले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन पेश गरिन्। राज्यव्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाका शर्त तथा सुविधासम्बन्धी संशोधन विधेयकको समितिगत प्रतिवेदन पनि प्रस्तुत गरे।
सभामुख डोलप्रसाद अर्यालले बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका छन्।














