काठमाडौं, ३१ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले प्राकृतिक विपत्तिका कारण दक्षिण कोरियाको पूर्वनिर्धारित भ्रमण रद्द गरेका छन्।
भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको बाढीबाट ऊर्जा क्षेत्रमा क्षति पुगेपछि उद्धार, पुनःस्थापना, विद्युत् आपूर्ति नियमित गर्ने तथा प्रभावित क्षेत्रको पुनर्निर्माणलाई प्राथमिकता दिँदै उनले भ्रमण स्थगित गरेका हुन्।
मन्त्री श्रेष्ठलाई सेप्टेम्बर १५ देखि १७ सम्म सियोलमा हुने ‘ग्लोबल इन्फ्रास्ट्रक्चर कोअपरेसन कन्फ्रेन्स २०२६’ मा मुख्य वक्ताका रूपमा सहभागी हुन निमन्त्रणा गरिएको थियो।














