काठमाडौं, ३१ भदौ। मुगुमा अढाई घण्टाको फरकमा दुईपटक भूकम्प
मुगुलाई केन्द्र बनाएर बुधबार बिहानसम्म दुईपटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १:५१ बजे ४.५ म्याग्निच्युड र बिहान ४:२८ बजे ४.२ म्याग्निच्युडको भूकम्प गएको हो।
वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार दुवै भूकम्प एउटै क्षेत्रमा अढाई घण्टाको फरकमा गएको हो। यी परिमाणका भूकम्पबाट ठूलो क्षति हुने सम्भावना कम भए पनि सतर्क रहन आवश्यक रहेको उनले बताएका छन्।
उनका अनुसार ठूला भूकम्पपछि साना परकम्पहरू जाने क्रम स्वाभाविक हो। गत भदौ २३ गते मुस्ताङमा गएको ५.३ म्याग्निच्युडको भूकम्पपछि हालसम्म करिब २०–२२ वटा परकम्प गइसकेका छन्।














