काठमाडौं, २८ भदौ । भोटेकोशी बाढी प्रभावित परिवारलाई स्थायी आवास निर्माण नभएसम्म सरकारले मासिक आवास खर्च उपलब्ध गराउने भएको छ।
सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाका अनुसार चार सदस्यसम्मको परिवारलाई मासिक १५ हजार रुपैयाँ र चार जनाभन्दा बढी सदस्य भएमा प्रत्येक थप सदस्यका लागि २ हजार रुपैयाँ अतिरिक्त दिइनेछ।
नगद सुविधा लिन नचाहने परिवारका लागि सरकारले स्थायी आवास निर्माण नहुन्जेल अस्थायी आवासको व्यवस्था गर्ने विकल्पसमेत दिएको छ।
आवश्यक विवरण संकलनका लागि सम्बन्धित स्थानीय तहमा फाराम पठाइसकिएको मन्त्री तिमिल्सिनाले बताएका छन्।














