काठमाडौं, २६ भदौ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको महाधिवेशन निर्धारित मितिमा नै हुने र एक घण्टा पनि नसरिने बताएका छन्।
काठमाडौंमा आयोजित कार्यक्रममा उनले संविधान, पार्टी विधान र अदालतको फैसलाअनुसार महाधिवेशनको प्रक्रिया अघि बढ्ने भन्दै मिति सर्ने विषयमा अलमलमा नपर्न कार्यकर्तालाई आग्रह गरे।
उनका अनुसार असोज ३ र ४ गते वडा अधिवेशन तथा असोज १६ गतेदेखि महाधिवेशन प्रक्रिया सुरु हुनेछ। थापाले महाधिवेशनमा सबैलाई सहभागी हुने अवसर दिइएको भन्दै त्यसपछि पार्टीले ७७ वटै जिल्लामा पुगेर जनतासँगको सम्बन्ध थप मजबुत बनाउने बताए।
पार्टीभित्रको एकताका लागि नरम र संगठन सुधार तथा कमजोरी हटाउने विषयमा भने आफू कठोर हुने उनको भनाइ छ।














