काठमाडौँ, २४ भदौ । हमन्त्री सुधन गुरुङ ललितपुरको सातदोबाटोस्थित पौडी पोखरी परिसरमा निर्माण गरिएको ‘जेनजी स्मृति पार्क’ उद्घाटन नगरी फर्किएका छन्।
जेनजी आन्दोलनमा ज्यान गुमाएका शहीदहरूको सम्झनामा निर्माण गरिएको पार्क उद्घाटनका लागि पुगेका गृहमन्त्री गुरुङ शहीदका परिवारजनको आपत्तिपछि फर्किएका हुन्।
परिवारजनले पार्कमा राखिएका सालिक शहीदहरूको वास्तविक अनुहारसँग नमिलेको भन्दै असन्तुष्टि जनाएका थिए। त्यसपछि पार्कको औपचारिक उद्घाटन रोकिएको हो।














