काठमाडौँ, २३ भदौ । पहिरोका कारण पर्वतस्थित किम्रुङ खोला थुनिएपछि तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम बढेको छ।
बाढी पूर्वानुमान महाशाखाले मंगलबार राति सूचना जारी गर्दै कालिगण्डकी दोभानसम्मका नयाँपुल, वीरेठाँटी र आसपासका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ।
किम्रुङ खोला मोदी खोलाको शाखा हो। महाशाखाले अर्को सूचना जारी नभएसम्म मोदी नदी करिडोरमा आवागमन नगर्नसमेत सचेत गराएको छ।














