काठमाडौँ, २३ भदौ । अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वङले नेपालमा हालै भएको विपद्प्रति दुःख व्यक्त गर्दै क्यानबेरास्थित नेपाली दूतावास पुगेर शोक पुस्तिकामा हस्ताक्षर गरेकी छन्।
सामाजिक सञ्जालमार्फत उनले विपद्मा ज्यान गुमाउने तथा प्रभावित नेपालीप्रति सहानुभूति व्यक्त गर्दै अस्ट्रेलिया नेपाली जनताको साथमा रहेको बताइन्।
साथै, विपद्बाट प्रभावित अस्ट्रेलियाली नागरिकलाई सहयोग गरेकोमा नेपाल सरकारप्रति आभार व्यक्त गरिन्।














