काठमाडौँ, २२ भदौ। रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्मानमा आज देशभर राष्ट्रिय शोक मनाइँदैछ।
बाढी आएको १३औँ दिन सरकारले मृतकप्रति सम्मान व्यक्त गर्दै राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो।
भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आज नेपालका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास तथा कूटनीतिक नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ।














