नुवाकोट, २१ भदौ । भदौ १० गतेको बाढीले त्रिशूली नदीका अधिकांश पुलमा क्षति पुर्याएपछि नुवाकोटमा यातायात तथा आवतजावत प्रभावित भएको छ।
विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीको पुल र सडक संरचना क्षतिग्रस्त भएपछि नेपाली सेनाले आवागमन सहज बनाउन एक्रो ब्रिज निर्माणलाई तीव्रता दिएको छ।
सेनाले ६० मिटर लामो, ५.५ मिटर चौडा र ५० टन भारवहन क्षमता भएको पुल निर्माण गरिरहेको छ। पुल बनेपछि देवीघाट तथा आसपासका क्षेत्रमा यातायात सेवा सहज हुने अपेक्षा गरिएको छ।














