काठमाडौं, २० भदौ । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा बाढीपीडितलाई लामो समय अस्थायी बसाइमा नराखी छिटो सुरक्षित र स्थायी बसोबासको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन्।
सामाजिक सञ्जालमार्फत उनले बाढीबाट घर–सम्पत्ति गुमाएका नागरिकलाई राज्य र सरकार साथमा रहेको भन्दै आफूलाई एक्लो नठान्न आग्रह गरेका छन्। आफन्त गुमाएका नागरिकको आक्रोश स्वाभाविक भएको उल्लेख गर्दै उनले पीडितमाथि थप पीडा दिने वा अनावश्यक टिप्पणी गर्नेप्रति सरकार कठोर हुने चेतावनी दिए।
प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मीले अझै पनि भग्नावशेष र दलदलमा खोजी तथा उद्धार कार्य जारी राखेको बताएका छन्।














