काठमाडौं, १९ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ३२५ पुगेको नेपाल प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मृतकमध्ये ५२२ पुरुष, ३२१ महिला र ४८२ जनाको आंशिक अंग फेला परेको छ। पहिचान हुन नसकेका १ हजार ३० शव गाडिएको प्रहरीले जनाएको छ।
बाढीपछि स्वदेशी तथा विदेशी गरी ८ हजार ८९८ जना अझै सम्पर्कविहीन छन्। मृतकको पहिचानका लागि हालसम्म १ हजार २६० जनाको तथा आफन्ततर्फबाट ८४६ जनाको डीएनए नमुना संकलन गरिएको छ।














