काठमाडौं, १९ भदौ । गृहमन्त्री सुधन गुरुङले डिजिटल युगमा मन्त्रालयको कुर्सीमा बसेर मात्र नेतृत्व गर्ने परम्परागत शैली सान्दर्भिक नभएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत आलोचनाको जवाफ दिँदै उनले कामको परिणाम र प्रभावकारिता महत्वपूर्ण रहेको उल्लेख गरे। गुरुङका अनुसार विषयगत मन्त्रालयका उच्च अधिकारीको सहभागितामा विपद् प्रतिकार्य कमान्ड सेन्टर पूर्ण रूपमा सञ्चालनमा छ।
अनलाइन माध्यमबाट हरेक चार घण्टामा कमान्ड तथा रणनीतिक बैठक भइरहेको उनले बताए। उनले विगतमा फिल्डको वास्तविक अवस्था नबुझी कुर्सीबाट मात्रै नेतृत्व गर्दा त्यसको नकारात्मक परिणाम भोग्नुपरेको भन्दै पुरानै शैलीबाट नयाँ परिणाम खोज्न नहुने टिप्पणी गरेका छन्।














