काठमाडौं, १९ भदौ । त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट अर्का एक व्यक्तिको पनि जीवितै उद्धार गरिएको छ।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको सचिवालयका अनुसार कवीर महर्जनको उद्धार गरिएको हो। यसअघि शुक्रबार नै सञ्जय साहको उद्धार गरिएको थियो।
साह मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत छन्। दुवैलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ।














