काठमाडौं, १८ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार २८२ जनाको शव फेला परेको छ।
रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ, नवलपरासी पूर्व–पश्चिम तथा भारतमा समेत शव भेटिएको प्रहरीले जनाएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ५ हजार ८३ जना अझै सम्पर्कविहीन छन् भने १२ हजार ३८ जनाको उद्धार गरिएको छ।
खोजी तथा उद्धारका लागि २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ।














