काठमाडौं, १८ भदौ । सरकारले आगामी भदौ २३ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी शहीद दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा यस वर्ष भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।














