काठमाडौँ, २५ साउन । राष्ट्रिय दलित आयोगले जातीय भेदभाव तथा छुवाछूतविरुद्ध र दलित समुदायको हक–हितसम्बन्धी खोजमूलक पुस्तक प्रकाशन गर्ने भएको छ ।
आयोगले चालु आर्थिक वर्ष २०८३/०८४ मा पुस्तक प्रकाशन गर्ने जनाएको छ । पुस्तकका लागि इच्छुक लेखक तथा स्रष्टालाई आफ्ना लेख–रचना पठाउन आग्रह गरिएको छ ।
आयोगका अनुसार लेख–रचना आगामी असोज १५ गतेभित्र तोकिएको इमेलमार्फत सफ्ट कपीमा पठाउनुपर्नेछ ।















