चितवन, ७ असार । प्रधानमन्त्री बालेन्द्र शाहले रास्वपाको प्रथम महाधिवेशनबाट सीमा विवाद, राष्ट्रियता र अख्तियार सम्बन्धी विषयमा उठेका प्रश्नहरूको जवाफ दिएका छन् ।
सीमा विवादबारे बोल्दै उनले नेपालसँग पर्याप्त प्रमाण रहेको र आवश्यक परे थप प्रमाण खोज्न पनि तयार रहेको बताए । आफ्नो राष्ट्रियतामाथि शंका गरिएकोप्रति आपत्ति जनाउँदै उनले कसैले पनि आफ्नो राष्ट्रप्रेममाथि प्रश्न उठाउन नहुने बताए ।
साथै, विगतका अनियमितता र सरकारी सम्पत्तिको दोहनबारे अनुसन्धान गर्न आवश्यक परे अख्तियारसँग पाँच घण्टा होइन, पाँच वर्षसम्म पनि छलफल गर्न तयार रहेको बताए ।
बालेनले रास्वपालाई विकास र काममा केन्द्रित पार्टीको रूपमा चित्रित गर्दै प्रतिशोधको राजनीति नभई सुशासन र सुधारको बाटोमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।














