काठमाडौं, १ असार । सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल ले विपद्का बेला नागरिकको सुरक्षा र जीवन रक्षा नै पहिलो प्राथमिकता हुनुपर्ने बताएका छन् ।
कास्कीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्यालयको २५औँ स्थापना दिवसका अवसरमा उनले सशस्त्र प्रहरी कर्मचारीलाई विपद् उद्धार तथा राहत कार्यमा प्रभावकारी रूपमा परिचालन हुन निर्देशन दिए ।
उनले विपद् व्यवस्थापनमा सरोकारवालासँग समन्वय आवश्यक रहेको उल्लेख गर्दै गण्डकी प्रदेश सरकारको सहयोगप्रति आभार व्यक्त गरे ।














