काठमाडौं, १ असार । श्रम संस्कृति पार्टीले सीमा विवादसम्बन्धी प्रधानमन्त्री बालेन्द्र शाह को अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउनुपर्ने माग पुनः दोहो¥याएको छ ।
प्रतिनिधिसभा बैठकमा बोल्दै पार्टी अध्यक्ष हर्क साम्पाङले उक्त अभिव्यक्ति हटाउने विषयमा सभामुखको निर्णयको प्रतीक्षा गरिरहेको बताए ।
प्रधानमन्त्रीले जेठ १७ गते संसद्मा नेपालले पनि भारतको केही भूमि मिचेको आशयको अभिव्यक्ति दिएपछि विपक्षी दलहरूले त्यसको विरोध गर्दै आएका छन् ।














