रूपन्देही, १ असार । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय एसएसबी नेपाली भूमिमा प्रवेश गरेको घटनापछि स्थानीय, प्रशासन, जनप्रतिनिधि र सरोकारवालाबीच सर्वपक्षीय छलफल गरिएको छ ।
स्थलगत अवस्थाबारे जानकारी लिन पुगेका विक्रम खनाल ले सीमा समस्याबारे प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रालयलाई लिखित रूपमा जानकारी गराई कूटनीतिक माध्यमबाट समाधान खोज्ने प्रतिबद्धता जनाएका छन् ।
स्थानीयले भारतीय सुरक्षाकर्मीको बारम्बारको प्रवेश र सीमा अतिक्रमण प्रयासप्रति सरकार गम्भीर बन्नुपर्ने माग गरेका छन् । नारायणी नदीको धार परिवर्तनसँगै वर्षौंदेखि विवादमा रहेको सुस्ता क्षेत्र पछिल्लो घटनापछि पुनः चर्चामा आएको छ ।














