जनकपुर, १ असार । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अहिलेसम्मकै सानो आकारको बजेट आज प्रदेशसभामा प्रस्तुत गर्दैछ ।
अर्थमन्त्री युवराज भट्टराईले दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा करिब ४१–४२ अर्ब रुपैयाँको बजेट पेश गर्ने कार्यसूची रहेको छ ।
गत आर्थिक वर्षमा ४६ अर्ब ५८ करोड रुपैयाँको बजेट ल्याएको प्रदेश सरकार राजस्व तथा बजेट घाटाका कारण यसपटक बजेटको आकार घटाउन बाध्य भएको हो ।
स्रोतका अनुसार विकास योजनालाई ठूला शीर्षकमा समेट्दै उपभोक्ता समितिमार्फत सञ्चालन हुने साना योजनालाई निरुत्साहित गर्ने नीति पनि बजेटमा समावेश गरिनेछ ।














