विराटनगर, ३१ जेष्ठ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले कांग्रेस व्यवहारिक रूपमा विभाजनको अवस्थामा पुगेको बताएका छन् ।
विराटनगरमा संस्थापनइतर समूहको भेलालाई सम्बोधन गर्दै उनले सर्वोच्च अदालत र निर्वाचन आयोगका गलत निर्णयका कारण पार्टी यो अवस्थामा पुगेको आरोप लगाए ।
कोइरालाले कांग्रेसभित्र एकता अहिलेको सबैभन्दा ठूलो आवश्यकता भएको उल्लेख गर्दै बलियो कांग्रेसबिना देशको विकास सम्भव नहुने बताए ।
उनले लोकतान्त्रिक मूल्य–मान्यताको रक्षाका लागि नेता–कार्यकर्ताहरू एकजुट हुनुपर्नेमा जोड दिए । साथै, अनुभवी नेताहरूलाई बाहिर राखेर एक्लैले पार्टी सञ्चालन गर्न नसकिने उनको भनाइ थियो ।














